Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

बागमती प्रदेशमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

  • बिहिवार, भाद्र ७ २०८०

  • 1.4K
    SHARES

  • बागमती प्रदेशमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)
    काठमाडौं । बागमती प्रदेशले बिहीबार(आज)देखि गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मूल्य बढेसँगै भाडा पनि बढाएको हो । यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो ।
     
    बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुवाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो । मालवाहक सवारी साधन ९ट्रक०मा ७ दशमलव ७७ प्रतिशत अर्थात् १३ रुपैयाँ ७४ पैसा प्रतिकिमी/प्रतिटनबाट बढेर मालवाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १४ रुपैयाँ ८० पैसा पुगेको हो ।
     
    यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ बाट १९ रुपैयाँ ५० पैसा, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँबाट २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँबाट ३१ रुपैयाँ ४१ रुपैयाँ पुगेको छ । २० किलोमिटरसम्म यात्रा गर्दा ३२ बाट ३३ रुपैयाँ ६६ पैसा, २० किलोमिटर भन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ ८ पैसा लाग्नेगरी भाडा बढेको छ ।
     
    काठमाडौंबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा ५२ रुपैयाँले बढेको छ । यस अगाडि ९ सय ८६ रहेको भाडा अब १ हजार ३८ पुगेको हो ।
     
    हेर्नुहोस् भाडादर सूची:


    बिहिवार, भाद्र ७ २०८००६:५८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij