Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीका नाममा आउँदैछ : विप्लव

नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीका नाममा आउँदैछ : विप्लव

  • मंगलवार, भाद्र १२ २०८०

  • 936
    SHARES

  • नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीका नाममा आउँदैछ : विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको टिप्पणी गर्नुभएको छ ।

    मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले समाजवादी मोर्चाको लक्ष्य भ्रष्टाचार, कुशासन र विदेशी साम्राज्यवादका विरुद्ध लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने गठन गरिएको बताउनुभयो ।

    उहाँले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाले एमसीसीविरुद्ध लड्ने घोषणा समेत गर्नुभयो ।

    उहाँले एमसीसी र वीआरआइले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने भन्दै त्यस्तो सहयोगमा सहकार्य गर्न तयार रहेको बताउनुभयो। ‘तर सहयोगका नाममा नेपालको स्रोत साधनको दोहन र अपहरण गर्न पाउँदैनौँ’, उहाँले भन्नुभयो, ‘अमेरिकाले एमसीसीबारे सरकारले पठाएको १२ बुँदे व्याख्यात्मक टिप्पणीको पनि अहिलेसम्म वास्ता गरेको छैन ।’

    महासचिव विप्लवले साम्राज्यवादविरुद्ध देशको स्वाधीनता चुक्न नदिने भन्दै सरकारले अहिले गरिरहेका राम्रा कामको पनि अनेकौँ हल्ला चलाएर राष्ट्रवादी आन्दोलन र कम्युनिष्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

     


    मंगलवार, भाद्र १२ २०८००३:३०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij