Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई युक्रेन बनाउन खोजिँदैछ, खबरदार : विप्लव

नेपाललाई युक्रेन बनाउन खोजिँदैछ, खबरदार : विप्लव

  • सोमवार, भाद्र २५ २०८०

  • 713
    SHARES

  • नेपाललाई युक्रेन बनाउन खोजिँदैछ, खबरदार : विप्लव

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताउनुभएको छ।

    माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उहाँले यस्तो बताउनुभएको हो ।

    समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उहाँले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गर्नुभयो। मोर्चालाई देशको कुनाकुना पुर्याउने उहाँले बताउनुभयो। नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताएका विप्लवले जनयुद्धले ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताउनुभयो ।

    दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै उहाँले त्यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिनुभयो। अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको बताउँदै उहाँले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताउनुभयो ।

    परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै उहाँले फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताउनुभयो । अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने उहाँले बताउनुभयो । साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’

     


    सोमवार, भाद्र २५ २०८००३:१३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij