Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

  • शनिवार, आश्विन ६ २०८०

  • 584
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

    काठमाडौं । आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेट भएको छ ।

    हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४ः५० बजे भेट भएको हो । एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्ड भेट भएको हो ।

    भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट गरेकोमा सीको तारिफ गर्नुभएको थियो । सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रवार भेट गरेका थिए ।

    प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गरेका थिए। भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ ।


    शनिवार, आश्विन ६ २०८००३:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij