Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट नियन्त्रणमा

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट नियन्त्रणमा

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.9K
    SHARES

  • सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट नियन्त्रणमा

    काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

    सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।

    बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

    घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

    पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताउनुभयो ।

     


    बिहिवार, आश्विन ११ २०८००१:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij