Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिविका उपप्राध्यापक चलाउनेमाथिको आक्रमणमा नेविसंघलाई बदनाम गराउन खोजियो : अध्यक्ष ढुंगाना

त्रिविका उपप्राध्यापक चलाउनेमाथिको आक्रमणमा नेविसंघलाई बदनाम गराउन खोजियो : अध्यक्ष ढुंगाना

  • शुक्रवार, आश्विन २३ २०७७

  • 529
    SHARES

  • त्रिविका उपप्राध्यापक चलाउनेमाथिको आक्रमणमा नेविसंघलाई बदनाम गराउन खोजियो :  अध्यक्ष ढुंगाना

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न नेविसंघले माग गरेको छ । विश्वविद्यालय परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको घटनाको तत्काल छानविन गरी दोषी उपर कडा कारवाहीको नेविसंघले माग गरेको हो ।

    उपप्राध्यापक आक्रमणको घटनामा नेविसंघ संलग्न नरहेको अध्यक्ष राजिब ढुंगानाले विज्ञप्ति मार्फत स्पष्ट पार्नुभएको छ । साथै नेविसंघलाई बदनाम गराउन यस्ता खालका आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ। घाइते चलाउनेको उपचारको व्यवस्था मिलाउन नेविसंघले त्रिवि प्रशासनलाई आग्रह गरेको छ । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका विद्यार्थी नेताहरूको नाम मुछेर अर्नगल प्रचार गरिएकोप्रति नेविसंघले दुःख व्यक्त गरेको छ ।

    गत असोज २० गते त्रिवि परिसरमा उपप्राध्यापक चलाउनेमाथि रड प्रहार भएको थियो । घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


    शुक्रवार, आश्विन २३ २०७७११:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij