काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आँचल प्रग्नेशकुमार जबेरी सुनसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान बरामद भएको थियो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।