Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही

गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही

  • शनिवार, आश्विन २० २०८०

  • 748
    SHARES

  • गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही
    काठमाडौं । गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ । आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकोले जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ ।
     
    इजरायली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई सुरक्षित अवस्थामा रहन  निर्देशन पनि दिएको छ ।
     
    ‘यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेवारी बहन गर्नेछ,’ आईडीएफले विज्ञप्तिमा भनेको छ ।
     
    इजरायल प्यालेस्टाइन क्षेत्रमा इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच सधैंजसो लडाई हुने गरेको छ ।


    शनिवार, आश्विन २० २०८००३:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij