Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
इजरायल घटना

इजरायलमा मृत्यु भएका नेपालीको विवरण सार्वजनिक (नामावलीसहित)

इजरायलमा मृत्यु भएका नेपालीको विवरण सार्वजनिक (नामावलीसहित)

  • सोमवार, आश्विन २२ २०८०

  • 4.2K
    SHARES

  • इजरायलमा मृत्यु भएका नेपालीको विवरण सार्वजनिक (नामावलीसहित)

    काठमाडौं । इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक भएको छ । इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापाको मृत्यु भएको छ । 

    यसैगरी सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष् चौधरीको पनि मृत्यु भएको छ । दूतावासका अनुसार कञ्चनपुरका विपिन जोशीको अवस्था अज्ञात छ । 

    ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै उनीहरू इजरायल पुगेका थिए ।  मध्ये दक्षिणी इजरायलमा पर्ने  किवुज अलुमिम फार्ममा प्रशिक्षणरत रहेकै बखत उनीहरू प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेको दूतावासको भनाइ छ । 

    घटनामा परेका १७ जनामध्ये विधान सेजुवाल, हिमांचल कट्टेल र प्रवीण डाँगी स्थानीय अस्पतालमा उपचाररत छन् भने धन बहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै वीरेन्द्र चौधरी  र प्रमोद केसी सकुशल रहेका छन् । 

    यसैबीच आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेको दूतावासले जनाएको छ। उद्धारको पर्खाइमा रहेका बाकी नेपाली विद्यार्थी अनि श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चाँजो मिलाएर नेपाल पठाउने दिशामा गृहकार्य भइरहेको दूतावासले जनाएको छ । 

     हाल आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेसन प्रक्रियामा सहभागी हुनुहुन समेत दूतावासले सम्बन्धित सबैलाई आह्वान गरेको छ । 

    आक्रमणको मुख्य निशानामा परेको Kibbutz Alumim मा आवद्ध १७ जना नेपाली विद्यार्थीहरुको विवरणः
    क्र.सं. राहदानी नं नाम थर                       अवस्था/स्थिति
    १. BA0046756   आनन्द साह                        निधन
    २. BA0050744   नारायण प्रसाद न्यौपाने       निधन
    ३. PA1832545    लोकेन्द्र सिंह धामी              निधन
    ४. BA0133670    राजेश कुमार स्वर्णकार       निधन
    ५. PA1869615    गणेश कुमार नेपाली            निधन
    ६. PA1773440    दिपेश राज विष्ट                 निधन
    ७. BA0017890   राजन फुलरा                      निधन
    ८. BA0017892   पदम थापा                          निधन
    ९. PA1560328    प्रवेश भण्डारी                     निधन
    १०. PA1651757   आशिष चौधरी                   निधन
    ११. PA1848403  विपिन जोशी                    अज्ञात
    १२.                       विधान सेजुवाल              उपचाररत
    १३.                    हिमांचल कट्टेल               उपचाररत
    १४.                       प्रविण डाँगी                    उपचाररत
    १५.                    धन बहादुर चौधरी      सकुशल (उपचार पश्चात्)
    १६.                     विरेन्द्र चौधरी               सकुशल
    १७.                       प्रमोद के.सी.               सकुशल

     


    सोमवार, आश्विन २२ २०८००७:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij