Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाललाई गल्फ पर्यटनको लागि विकास गर्न सकिनेमा विज्ञहरुको जोड

नेपाललाई गल्फ पर्यटनको लागि विकास गर्न सकिनेमा विज्ञहरुको जोड

बंगलादेश र इन्डोनेशियाका राजदुत सहित गल्फ टोलीलाई स्वागत
  • बिहिवार, आश्विन २५ २०८०

  • 763
    SHARES

  • नेपाललाई गल्फ पर्यटनको लागि विकास गर्न सकिनेमा विज्ञहरुको जोड

    काठमाडौं। प्रकृति, संस्कृति र साहसिक पर्यटन (नेचर, कल्चर र एडभेन्चर) का लागि प्रसिद्ध नेपाललाई गल्फ पर्यटनको लागि विकास गर्न सकिनेमा विज्ञहरुले जोड दिएका छन् ।

    काठमाडौंको गोकर्णमा नेपालसंग मैत्रीपूर्ण गल्फ खेल्न गत हप्ता नेपाल आएका बंगलादेशको टाइगर गल्फ क्वल अफ बंगलादेशका सदस्यहरुको स्वागतमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरुले नेपालको हावापानी तथा प्राकृतिक सुन्दरताको मजा लिँदै नेपालमा गल्फ खेल्नुुको छुट्टै आनन्द भएको र बेग्लै रहेको अनुभव साट्दै नेपाललाई गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।

    कार्यक्रममा बोल्दै नेपालका लागि बंगलादेशका राजदूत सल्लाहउद्धिन नोमन चौधरीले नेपाल बंगलादेशी नागरिकका लागि रुचीको गन्तव्य भएको उल्लेख गर्दै दुई देशबीच पर्यटनको विकास लागि सहकार्य गर्न सकिने बताउनु भयो ।

    नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलाले नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुईदेशबीच पर्यटन, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्धका विषयमा सहकार्यको पर्याप्त सम्भावना रहको बताउनुभयो।

    अतिथिहरुलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गत महीना नेपाल आउने पर्यटकहरु मध्य बंगालादेशी पर्यटकको संख्या चौथो स्थानमा नम्बरमा रहेको जानकारी दिदै पछिल्लो समय नेपाल आउने बंगलादेशी पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो ।
    बोर्डका निमित्त बजार निर्देशक लक्ष्णम गौतमले बंगलादेशको टाइगर गल्फ कल्बले नेपाललाई गल्फका लागि चयन गरेर काठमाण्डौं आएकोमा आभार व्यक्त गर्दै अतिथीहलाई नेपालको समग्र पर्यटनका बारेमा जानकारी दिनुभयो । टाइगर गल्फ क्वल अफ बंगलादेशको टीमले काठमाण्डौंको गोकर्णमा मैत्रिपूर्ण गल्फ खेलेर फकिएको छ ।


    बिहिवार, आश्विन २५ २०८०११:५०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij