Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनप्रति दृढ रहने शेखरको लिखित प्रतिबद्धता

सत्ता गठबन्धनप्रति दृढ रहने शेखरको लिखित प्रतिबद्धता

  • शनिवार, आश्विन २७ २०८०

  • 1.1K
    SHARES

  • सत्ता गठबन्धनप्रति दृढ रहने शेखरको लिखित प्रतिबद्धता

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाउनु भएको छ ।

    सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो ।

    उहाँका विश्वासपात्र केदार कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो । आज ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बन्नुभएको हो ।

    कोशीमा प्रदेश सांसदहरुको सनाखत भइरहँदा बालुवाटारमा भने सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । बैठकमा सत्ता गबन्धनलाई कायमै राख्ने सहमति भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कोइरालाले लिखित सहमति नै गर्नुभएको छ। जसमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं र, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं ।’


    शनिवार, आश्विन २७ २०८००१:०३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij