Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारकै कारण सदनको कारबाही फितलो बन्यो : विष्णु पौडेल

सरकारकै कारण सदनको कारबाही फितलो बन्यो : विष्णु पौडेल

  • बिहिवार, कार्तिक १६ २०८०

  • 640
    SHARES

  • सरकारकै कारण सदनको कारबाही फितलो बन्यो : विष्णु पौडेल

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन ? चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’

    सरकारले सदन प्रभावकारी बन्न नदिएको उहाँको आरोप छ ।

    उहाँले भन्नुभयो, ‘सदन प्रतिपक्षको हो भनेर दुनियाँभर मानिन्छ । प्रतिपक्षले उभिएर बोल्दा सत्तापक्षले ध्यान दिएर सुन्नुपर्छ । तर, यहाँ जायज माग भन्न र सुनाउनको लागि प्रतिपक्षले आवाज उठाएरमात्रै पुगेर बेल घेर्नुपर्ने अवस्था आयो । प्रतिपक्षको आवाजको सच्चाइलाई सुनेरमात्रै सदन अवरोधको स्थिति अन्त्य हुन्छ ।’


    बिहिवार, कार्तिक १६ २०८००१:४४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij