काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरेको बताउनु भएको छ।
सामाजिक सद्भाव र पारिवारिक एकता खलबल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको उहाँको भनाई छ।
भक्तपुरमा आज नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रष्टीकरण दिनुभएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यो निर्णय गरिएको उहाँको भनाइ छ ।