Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • सोमवार, मंसिर ४ २०८०

  • 702
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो ।
     
    दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।
     
    यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
     
    विभागले आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने जनाएको छ ।  


    सोमवार, मंसिर ४ २०८००६:१४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij