Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेयर बजार झिनो अंकले बढ्यो 

शेयर बजार झिनो अंकले बढ्यो 

  • सोमवार, मंसिर ४ २०८०

  • 974
    SHARES

  • शेयर बजार झिनो अंकले बढ्यो 
    काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारका दिन शेयर बजार झिनो अंकले बढेको छ ।
     
    साताको दोस्रो दिन सोमबार शेयर बजार १।३९ अंकले बढेर १८५३।४८ बिन्दुमा कायम भएको हो । यसअघि गत कात्तिक २३ गते ११.८५ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज १० दिनपछि खुल्दा झिनो अंकले घटेको हो ।
     
    गत कात्तिक २ गते अन्तिम पटक परिसूचक १९०३.८४ बिन्दुका पुगेको थियो । त्यसयता एक महिनापछि सम्म पनि नेप्से परिसूचक १९०० बिन्दुभन्दा तल नै रहेको छ ।
     
    यसदिन बजारमा ३३ लाख १९ हजार ५५८ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।
     
    त्यस्तै, आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिमटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिमटेडको सेयर नकारात्मक सकिर्टका साथ सर्वधिक घाटामा रहेका छन् । भने, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
     
    त्यसैगरी, कारोबारका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड ७ करोड ३६ लाख २५ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

     


    सोमवार, मंसिर ४ २०८००५:४१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij