Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जलवायु परिवर्तनले चुनौतीहरूको सामना गर्नु परिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

जलवायु परिवर्तनले चुनौतीहरूको सामना गर्नु परिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, मंसिर ५ २०८०

  • 776
    SHARES

  • जलवायु परिवर्तनले चुनौतीहरूको सामना गर्नु परिरहेको छ  :  प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताउनु भएको छ।

    आज काठमाडौँमा भएको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताउनु भएको हो ।

    ‘परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण हामीले बहुपक्षीय चुनौतीहरूको सामना गर्नु परिरहेको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    उहाँले जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेसमा बाढी पहिरोको रूपमा देखिन थालेको बताउनुभयो।

    नेपाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्र भएकोले पक्षधर राष्ट्रहरूका वार्ता प्रक्रियाहरूमा भाग लिँदै आएको पनि प्रधानमन्त्रीको भनाइ छ ।


    मंगलवार, मंसिर ५ २०८००१:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij