Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

  • आइतवार, मंसिर १० २०८०

  • 1.0K
    SHARES

  • स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग
    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ। आइतबार(आज) विज्ञप्ति जारी गर्दै डा. केसीले स्वास्थ्यमन्त्री बस्नेत ‘माफियाहरूका नाइके’ भएको भन्दै तत्काल पदमुक्त गर्न माग गर्नुभएको हो । 
     
    ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,’ केसीले भन्नुभएको छ, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’
     
    यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा. केसीले लगाउनुभयो । स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र उहाँले जान्ने प्रयास समेत नगरेको आरोप डा. केसीको छ । 
     
    शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसीलाई गिरोहले सञ्चालन गरिरहेको आरोप लगाउनुभएको थियो । 
     
    उहाँले आफूमाथि लगाइएको आरोप कपोलकल्पित र झुटा भएको बताउनुभएको छ । उहाँले आफूले यसअघि राखेका माग पूरा नभएमा मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत कार्यक्रमसहित सशक्त आन्दोलन शुरू गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।


    आइतवार, मंसिर १० २०८००१:३५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij