Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाणको पुनरावेदन पक्षमा ३ पूर्वमहान्यायधिवक्तासहित ७ जना वरिष्ठ अधिवक्ताको बहस

बालकृष्ण खाणको पुनरावेदन पक्षमा ३ पूर्वमहान्यायधिवक्तासहित ७ जना वरिष्ठ अधिवक्ताको बहस

  • सोमवार, मंसिर ११ २०८०

  • 909
    SHARES

  • बालकृष्ण खाणको पुनरावेदन पक्षमा ३ पूर्वमहान्यायधिवक्तासहित ७ जना वरिष्ठ अधिवक्ताको बहस

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध एक सातायता उच्च अदालत पाटनमा बहस भइरहेको छ ।

    सोमबार दिउँसोसम्म १७ जना प्रतिवादीका कानून व्यवसायीले बहस गरेका छन् । भर्खरै टोपबहादुर रायमाझीका तर्फबाट बहस सुरू भएको छ । प्रकाश खरेल र जनक पाण्डेको इजलासमा गत मंगलबारदेखि पुनरावेदन सुनुवाइ भइरहेको छ ।

    यो प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पान्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगै अन्य १३ जना थुनामा छन् । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेकाले पनि आफूमाथि अन्याय भएको भन्दै पुनरावेदन गरेका छन् ।

    उच्च अदालतमा खाणको पक्षबाट ७ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । पूर्वमहान्यायधिवक्ताहरु खम्मबहादुर खाती, बोणबहादुर कार्की र महादेव यादवसहित कृष्ण सापकोटा, प्रेमबहादुर खड्का, हरिहर दाहाल र सुरेन्द्र महतोले बहस गरेका छन् ।

    अब प्रतिवादीहरूमा रायमाझीबाहेक सागर राई, रामशरण केसी र केशवप्रसाद तुलाधरको पक्षबाट बहस हुन बाँकी छ । सरकारी वकिलले पनि बहस गर्ने छ । त्यसपछि इजलासले आदेश सुनाउने छ । प्रतिवादीअनुसार जिल्लाको आदेश सदर वा बदर हुन सक्नेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने खोज्नेक्रममा करडौँ रुपैयाँ ठगी भएको उजुरीपछि हाईप्रोफाइलहरू समातिएका थिए।

     


    सोमवार, मंसिर ११ २०८००२:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij