Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उच्च पहाडी भू–भागमा हिमपात , केही ठाउँमा हल्का वर्षा

उच्च पहाडी भू–भागमा हिमपात , केही ठाउँमा हल्का वर्षा

  • सोमवार, मंसिर १८ २०८०

  • 797
    SHARES

  • उच्च पहाडी भू–भागमा हिमपात , केही ठाउँमा हल्का वर्षा

    काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागमा हिमपात र वर्षा भएको छ । आज बिहानदेखि सुदूरपश्चिमको बाजुरा, कर्णालीको हुम्ला र मनाङलगायत ठाउँमा हिमपात भएको हो ।

    हिमपातका कारण अत्यधिक चिसो बढेको छ । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको छ । हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने बालीनालीलाई राम्रो हुने भन्दै खुशी भएका छन् ।

    केही ठाउँमा हल्का वर्षासमेत भएको छ । सुर्खेत र दैलेख आसपासमा गए रातिदेखि नै पानी परेको स्थानीय बासिन्दाले बताएका छन् ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    यता काठमाडौंमा समेत चिसो बढेको छ । काठमाडौंमा आज घाम लागेको छैन । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

     


    सोमवार, मंसिर १८ २०८००१:३५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij