Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजार झण्डै २८ अंकले बढ्यो, ४ अर्बको कारोबार

सेयर बजार झण्डै २८ अंकले बढ्यो, ४ अर्बको कारोबार

  • बुधवार, पौष १८ २०८०

  • 778
    SHARES

  • सेयर बजार झण्डै २८ अंकले बढ्यो, ४ अर्बको कारोबार
    काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार(आज) झण्डै २८ अंकले वृद्धि भएको छ । यो साताको सुरुवाती दिन देखिनै ओरालो लागिरहेको नेप्से सूचक आज २७.९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक ३० अंकले घटेको थियो ।
     
    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७६ अंकले बढ्दै ३८४.२९ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 
     
    यता कारोबार अघिल्लो दिन बराबरकै हुँदै ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो ३० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो । 
     
    आज १३ वटै उपसूचक धनात्मक हुँदै हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.०८ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक २.७० प्रतिशतले, इन्भेटमेन्ट समूहको उपसूचक २.१४ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०८ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरू २ प्रतिशत कमले बढेका छन् । 
     
    आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने दर्जन हाराहारी कम्पनीको मूल्य ८ प्रतिशतले माथिले बढेको छ । 


    बुधवार, पौष १८ २०८००३:३२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij