Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौँ : रघुजी पन्त

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौँ : रघुजी पन्त

  • आइतवार, पौष २२ २०८०

  • 880
    SHARES

  • संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौँ : रघुजी पन्त

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताउनुभएको छ ।

    आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उहाँले प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

    ‘जसले नियुक्ति सिफारिस गर्‍यो उसका सम्बन्धमा मुद्दा पर्दा उसैले (संवैधानिक इजलासमा) मुद्दा हेर्ने र ठीक र बेठीक भनी फैसला गर्नुपर्ने भयो । यसकारण समस्या भएको अभ्यासमा देखियो । यसकारण संविधान संसोधन गरौं र संवैधानिक परिषदको सदस्यबाट प्रधानन्यायाधीशलाई बिदा गरौं’, समिति बैठकमा एमाले सांसद पन्तले भन्नुभयो ।

    तत्कालीन अवस्थामा दलीय उपस्थितिलाई हेरेर परिषद सदस्यमा उपसभामुलाई पनि राखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘अहिले महिला हुनुहुन्छ त्यसकारण मैले भनेको होइन । तर यो पदको व्यक्ति संवैधानिक परिषदमा अहिले आवश्यक छैन, यो पनि हटाऔं ।’

    विधेयकमाथि पनि सांसद पन्तको संसोधन प्रस्ताव छ । बैठक बस्नका लागि अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको बहुमत सदस्यलाई गणपूरक संख्या मान्नु पर्ने उहाँको प्रस्ताव छ । अध्यक्ष असहमत हुँदा समेत बहुमत सदस्य तयार भए बैठक बस्न र निर्णय गर्न सक्ने अवस्थालाई पनि कानुनमा ब्यवस्थित गर्नुपर्ने उहाँको राय छ ।


    आइतवार, पौष २२ २०८००१:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij