Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भैरहवाबाट जाँदै गरेको स्करपियो उदयपुरमा दुर्घटना , ५ जनाको मृत्यु

भैरहवाबाट जाँदै गरेको स्करपियो उदयपुरमा दुर्घटना , ५ जनाको मृत्यु

  • आइतवार, कार्तिक २ २०७७

  • 1.1K
    SHARES

  • भैरहवाबाट जाँदै गरेको स्करपियो उदयपुरमा दुर्घटना , ५ जनाको मृत्यु

    उदयपुर । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको स्करपियो गाडी उदयपुरमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी तीन जना घाइते भएका छन् ।

    सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो राति १२ बजेतिर दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिनुुभएको छ ।

    एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

    यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उहाँले बताउनुुभयो । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

    ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरेको प्रहरीले गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।।

     


    आइतवार, कार्तिक २ २०७७०८:१२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij