Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसी सेनामा थप एक नेपालीको मृत्यु

रुसी सेनामा थप एक नेपालीको मृत्यु

  • बिहिवार, पौष २६ २०८०

  • 991
    SHARES

  • रुसी सेनामा थप एक नेपालीको मृत्यु

    काठमाडौं।रुस–युक्रेन युद्धमा परि थप एक नेपाली नागरीकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रुसी सेनामा भर्ती भएका प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं.४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको हो ।

    दुई वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए । सोनुसँगै रहेका र अहिले घाइते अवस्थामा रहेका उनका साथीले मृत्यु भएको जानकारी दिएका हुन्। नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सामाजिक सञ्जालमार्फत सोनुको मृत्युबारे पुष्टी गर्नुभएको छ।

    उपमेयर बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

     


    बिहिवार, पौष २६ २०८००५:२३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij