Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

  • बिहिवार, माघ ११ २०८०

  • 826
    SHARES

  • सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो
    काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज साताको अन्तिम दिन बिहीबार ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको हो।
     
    नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर  ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
     
    सामान्य अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामलिङ पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। मीड हाइड्रोपावरको ८.७९ प्रतिशतले बढ्दा इनफिनिट लघुवित्त वित्तीय संस्थाको ८.१२ प्रतिशतले बढेको हो। आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
     
    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरको १९ करोड,अरुण कावेली पावरको ९ करोड,अपी पावरको ९ करोड र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ७ करोड बढी मूल्यको सेयर कारोबार भयो।
     
    कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको मूल्य बढ्दा ८ वटाको  घट्यो।


    बिहिवार, माघ ११ २०८००५:०२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij