Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य, आकाशको उत्कृष्ट बलिङ

यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य, आकाशको उत्कृष्ट बलिङ

  • शुक्रवार, माघ १२ २०८०

  • 879
    SHARES

  • यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य, आकाशको उत्कृष्ट बलिङ

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको सामान्य लक्ष्य दिएको छ।

    नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको हो। दशौं विकेटका रुपमा नेपालका बलर सुवास भण्डारीले अफगानिस्तानका फरिदुन दाउदजाईलाई आउट गरेका थिए।

    नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १–१ विकेट लिएका थिए।

    टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए। त्यसपछि निरन्तर विकेट चन्दले लिएका हुन्।

    नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ।

    नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।


    शुक्रवार, माघ १२ २०८००४:५६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij