Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोट क्रसको विषय गम्भीर बनेको छ : माधव नेपाल

भोट क्रसको विषय गम्भीर बनेको छ : माधव नेपाल

  • आइतवार, माघ १४ २०८०

  • 704
    SHARES

  • भोट क्रसको विषय गम्भीर बनेको छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय हरेक दलमा छलफलको विषय बनेको बताउनुभएको छ ।

    आइतबारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भोट क्रसकै कारण कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएर एमालेका उम्मेदवार निर्वाचित भएको भन्दै यो विषय सबै दलका लागि छलफलको विषय भएको बताउनुभएको छ ।

    ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा भएको थियो । तर कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे । यो घटना सवै दलका लागि छलफलको विषय हुन पुगेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

    उहाँले एमालेले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि वार्ता, छलफल गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको तर आफ्नो पार्टीको विरोधका कारण एमालेको उक्त प्रयास सफल हुन नसकेको दाबी गर्नुभयो ।

     


    आइतवार, माघ १४ २०८००२:०३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij