Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सम्भावित कार्यतालिका स्वीकृत

राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सम्भावित कार्यतालिका स्वीकृत

  • शुक्रवार, माघ १९ २०८०

  • 676
    SHARES

  • राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सम्भावित कार्यतालिका स्वीकृत

    काठमाडौं । राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि दुई महिनाको सम्भावित कार्यतालिका स्वीकृत भएको छ । आज बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको हो ।

    बैठकले संसद्को अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्व जानकारी गराउनुपर्ने भनेको छ । त्यस्तो गर्दा कार्यतालिका बनाउन सहज हुने दाबी छ ।

    संसद्को आउने अधिबेशनमा सरकारले कति वटा, के कस्ता विधेयक दर्ता गराउने हो ? सो बिषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने बैठकको निर्णय छ ।

    राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने भन्ने बिषय टुंगो लगाउन समेत समितिले सरकारलाई आग्रह गरेको छ ।


    शुक्रवार, माघ १९ २०८००४:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij