Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

च्याम्पियन्स लिगमा आज बायर्न र एट्लेटिको आमने सामने हुने

च्याम्पियन्स लिगमा आज बायर्न र एट्लेटिको आमने सामने हुने

  • बुधवार, कार्तिक ५ २०७७

  • 2.2K
    SHARES

  • च्याम्पियन्स लिगमा आज बायर्न र एट्लेटिको आमने सामने हुने


    एजेन्सी । साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) एट्लेटिको मड्रिडसँग खेल्दैछ । जर्मन क्लब बायर्नले समूह चरणको पहिलो खेलमा बलियो टिम एट्लेटिकोसँग घरेलु मैदानमा खेल्नेछ । समूह ए मा रहेको बायर्न र एट्लेटिकोबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।

    घरेलु मैदानमा स्पेनिस क्लबविरुद्ध मैदान बायर्न जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । बायर्न च्याम्पियन्स लिगको उपाधि रक्षाको होडमा रहेको छ । एट्लेटिकोविरुद्ध जित निकाल्न बायर्नलाई सहज भने हुने छैन । किनकि पाहुना टिम समेत जितबाट सिजनको सुरुवात गर्न चाहन्छ ।

    यस्तै बार्सिलोनाबाट लुइस सुआरेज अनुबन्ध गर्न सफल एट्लेटिको बलियो भएको छ । तर, युवा स्टार जोआ फेलिक्स र भेट्रान स्ट्राइकर डिएगो कोस्टाले बायर्नसँगको खेल गुमाउने छन् ।

    बायर्नसँग भने रोबर्ट लेवान्डोस्की, थोमस मुलर जस्ता खेलाडीको साथ रहने छ । तर, कोरोना देखिएपछि सेर्जी जिनाब्रीले एट्लेटिकोसँगको खेल गुमाउने छन् । यस्तै समूहको अर्को खेलमा साल्जबर्गले लोकमोटिभ मस्कोसँग खेल्नेछ ।

     


    बुधवार, कार्तिक ५ २०७७०२:२२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij