Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • सोमवार, माघ २२ २०८०

  • 1.1K
    SHARES

  • आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
     
    अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।
     
    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।


    सोमवार, माघ २२ २०८००६:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij