Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजार : नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो

सेयर बजार : नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो

  • बुधवार, माघ २४ २०८०

  • 651
    SHARES

  • सेयर बजार : नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा आज सामान्य अंकको सुधार आएको छ। साताको चौथो कारोबार दिन आज नेप्से ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा कायम भएको छ।

    आज सेन्सेटिभ इण्डेक्स पनि ०.०३ अंकले बढेर ३७७.९५ विन्दुमा पुगेको छ। हिजोको तुलनामा आज नेप्से कम अंकले बढेपनि कारोबार रकम भने बढेको छ।

    आज ३१३ स्टकको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँमा खरिदबिक्री भए। सेयर बजार सामान्य अंकले बढेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    बुधबार गुँरास लघुवित्त वित्तीय,समाज लघुवित्त वि‍त्तीय,बुद्ध भूमि नेपाल हाइड्रोपावर,इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी २४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदै शिर्ष स्थानमा रह्यो। १३ वटा उपसमूहमध्ये ८ वटाको सूचक बढ्दा ५ उपसमूहको सूचक नकारात्मक देखिए।

    कारोबारमा आएका १६९ कम्पनीको मूल्य बढ्दा ६९ वटाको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।


    बुधवार, माघ २४ २०८००३:४८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij