Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राजीनामा बुझाएका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

राजीनामा बुझाएका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

  • शुक्रवार, माघ २६ २०८०

  • 2.0K
    SHARES

  • राजीनामा बुझाएका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो ।


    केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो ।

    सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिनुभएको थियो । पछि उहाँले राजीनामा फिर्ता लिएर काममा फर्कने बताउनुभएको थियो ।

    चन्द राजीनामापत्र फिर्ता लिएर केही दिनका लागि बिदामा बस्नुभएको छ । बिदामा बसेकै बेला उहाँको सरुवा भएको हो ।


    शुक्रवार, माघ २६ २०८००७:१३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij