Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालयको प्रष्टोक्ती– फागुन १ गते सार्वजनिक बिदा छैन

गृह मन्त्रालयको प्रष्टोक्ती– फागुन १ गते सार्वजनिक बिदा छैन

  • सोमवार, माघ २९ २०८०

  • 765
    SHARES

  • गृह मन्त्रालयको प्रष्टोक्ती– फागुन १ गते सार्वजनिक बिदा छैन
    काठमाडौं । सरकारले फागुन १ गते (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ ।  सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो । 
     
    गृह मन्त्रालयका  प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ । 
     
    यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।
    home_wTOpAyUYAi.webp


    सोमवार, माघ २९ २०८००१:०९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij