Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • सोमवार, फाल्गुण ७ २०८०

  • 477
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
     
    महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ ।
     
    आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
     
    सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
     


    सोमवार, फाल्गुण ७ २०८००७:२७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij