Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ को मृत्युु ,९ जना घाइते

देशभर भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ को मृत्युु ,९ जना घाइते

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.0K
    SHARES

  • देशभर भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ को मृत्युु ,९ जना घाइते

    देशभर भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्युु भएको छ भने ९ जना घाईते भएका छन् । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

    सुप प्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको चिसापानी-लम्कि सडक खण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका-१ थपालीपुरका रंगप्रसाद न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-१ कै जयप्रकाश न्यौपोने र जन्मजय न्यौपाने घाइते भएका छन् । उनीहरू दुवैजनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
    यस्तै, बसको ठक्करबाट लम्कीचुहा नगरपालिका ९ की ३५ वर्षिया भागरथी रेग्मीको मृत्यु भएको छ।

    बर्दगोरिया गाउँपालिका ४, चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशातर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका ९, प्रतापुरका रामबहादुर चौधरी घाईते भएको प्रहरीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

    यसैबिच, मोरङको बेलबारीमा गयराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना परि घाइते स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । यसैगरी, ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको गाडीको ठक्करबाट आज बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनलाई बालकुमारी पुलमुनि गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै मर्निङ वाकमा रहेका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन घाइते छन्। उनको बिएन्डबी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

    यता काठमाडौँको साँखुमा टेम्पू दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट टेम्पु २०–२५ मिटर तल खसेको प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुुभयो । उहाँका अनुुसार अन्दाजी ४०–४५ वर्षका प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको भने अन्य चारजना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


    बिहिवार, कार्तिक ६ २०७७०१:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij