Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग सहमत हुन सकिँदैन : विष्णु पौडेल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग सहमत हुन सकिँदैन : विष्णु पौडेल

  • शनिवार, फाल्गुण १२ २०८०

  • 625
    SHARES

  • समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग सहमत हुन सकिँदैन : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बताउनुभएको छ।

    शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भने भइरहेको बताउनुभयो ।

    ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले मिस कम्युनिकेसनको कुरा गरेको छ । गलत सूचना संप्रेषण भइरहेको छ र समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ’, उनले भन्नुभयो, ‘तर, लोकतन्त्र नै खतरामा पार्‍यो भन्ने चाहिँ होइन । यसलाई त नियमन गर्ने पाटो छन् ।’

    उहाँले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताउनुभयो ।

     


    शनिवार, फाल्गुण १२ २०८००२:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij