Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • सोमवार, फाल्गुण २८ २०८०

  • 2.5K
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।  
     
    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । वाग्मती र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।
     
    विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 
     
    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
     
    विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
     
    भोलि मंगलबार  देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।


    सोमवार, फाल्गुण २८ २०८००६:११:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij