Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

कांग्रेस सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

  • सोमवार, फाल्गुण २८ २०८०

  • 597
    SHARES

  • कांग्रेस सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना
    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्त्वपूर्ण पर्व भएको बताउनुभएको हो ।
     
    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् । यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ ।
     
    लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै उहाँले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरूका लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको बताउनुभएको छ।


    सोमवार, फाल्गुण २८ २०८००६:३४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij