Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियालीः कति भयो कारोबार ?

सेयर बजारमा हरियालीः कति भयो कारोबार ?

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 818
    SHARES

  • सेयर बजारमा हरियालीः कति भयो कारोबार ?

    काठमाडौं। सेयर परिसुचक नेप्सेमा आज हरियाली छाएको छ। बजार आज ५८.५८ अंकले बढेको छ। आज २.८५ प्रतिशतले बढेर २१११.२४ विन्दुमा बन्द भएको छ। आजको बजारमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रूपैयाँको सेयर कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ६३ करोड रूपैयाँ वृद्धि भएको हो। यसदिन ३०५ वटा धितोपत्रको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको हो।आज २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    यसदिन ५ वटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५४ रूपैयाँमा ३७ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।


    मंगलवार, फाल्गुण २९ २०८००४:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij