माधव न्यौपाने । नेपाली समाज युएईले आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ। आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर यही अप्रिल २१ मा विभिन्न सास्कृतिक कार्यक्रम का साथ स्थापना दिवस मनाउन लागेको नेपाली समाज युएई का अध्यक्ष बेद प्रसाद अर्यालले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कसंग कुरा गर्दै अर्यालले भन्नुभयो, नेपाली समाजमा, युएईमा सक्रिय रहेका ५० भन्दा बढी सस्था आबद्ध छ्न, नेपाली समाज र आबद्ध सम्पुर्ण सस्थाहरुको संयुक्त आयोजनामा स्थापना दिवस मनाउन लागिएको हो।'
कार्यक्रम सम्पन्न गर्न नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल समयोजक र आबद्ध सस्थाका सस्था प्रमुख सदस्य रहने गरि मुल आयोजक समिति रहेको छ। बरदुबै स्थित क्लव एसके सेभेन हलमा हुने कार्यक्रममा सास्कृतिक संगै युएईमा लामो समय सम्म रहेर विभिन्न माध्यमबाट नेपाली समुदायलाई सहयोग गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको नेपाली समाज युएईका अध्यक्ष अर्यालले बताउनु भयो।
युएईमा रहेका नेपालीहरुको सहयोगार्थ आयोजना गरिएको सास्कृतिक कार्यक्रमका लागी नेपालबाट वरिष्ठ गायक नारायण रायमाझी का साथमा गायक कुलेन्द्र बिश्वकर्मा गायिका शान्तिश्री परियार र रेश्मा बोम्जन आउने भएका छ्न भने युएई मा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने छ। कार्यक्रम को सबै तयारी अन्तिम चरणमा पुगेको समेत नेपाली समाजका अध्यक्ष अर्यालले बताउनु भयो।
नेपाली समाज युएई सन् १९९० मा स्थापना भएको हो। यो सस्था युएई मा रहेका नेपाली सस्थाहरु मध्ये सबैभन्दा पुरानो सस्था हो। रोजगारीका शिलशिलामा युएई मा आएका नेपालीहरुको सम्पर्क माध्यमका रुपमा स्थापना भएको यस सस्थाले युएईमा रहेका नेपालीलाई परेका समस्या समाधान गर्न विभिन्न निकायसँग समन्वय गर्दै समाधान गर्न महत्वपूर्ण भुमिका खेलेको छ।
मातृभुमिमा समेत विभिन्न समयमा आइपर्ने प्रकोप लगायत का अप्ठ्यारो परिस्थितिमा युएईमा रहेका संघ(सस्थाहरुसंग हातेमालो गर्दै सहयोग गर्दै आइरहेको छ।