Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन् : नेकपा नेता गजुरेल

दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन् : नेकपा नेता गजुरेल

  • सोमवार, कार्तिक १० २०७७

  • 6.4K
    SHARES

  • दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन् : नेकपा नेता गजुरेल

     

    धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीका नेताहरुले दसैँ मनाउने कोही पनि कम्युनिष्ट हुनै नसक्ने दावी गरेका छन् । उनीहरुले दशैँ मनाउनेहरुलाई अन्ध विश्वासीको संज्ञा दिदै आफुहरुले दशैँ नमान्ने गरेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग नेकपा नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले धर्म नमान्ने भएकाले आफुहरुले दशैँ नमान्ने गरेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “दशैँ मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन, कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वासै गर्दैन ।” कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उहाँको भनाई थियो । नेता गजुरेले आफु कहिल्यै मन्दीरमा नगएको र आगामी दिनमा पनि नजाने अठोट व्यक्त गर्नुभयो । उहाँले आफुसहित नेकपाका धेरै नेताहरुले दशैँ नमनाउने गरेको जानकारी दिनुभयो।

    आफुहरु धर्मको विपक्षमा रहेको आशय व्यक्त गर्दै उहाँले जनताले धर्म मानेकोप्रति भने कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो । नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उहाँको टिप्पणी छ । आफ्ना अधिकांश कार्यकर्ता र समर्थकहरुलाई उहाँले घुमाउरो तरिकाले उहाँले सच्चा कम्युनिष्ट हुन नसकेको आरोप लगाउनुभयो ।

    नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना विपरित दशैँ बहिस्कार गर्ने गरेका छन् ।

    नेता गजुरेलसँगको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

    दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन् : नेकपा नेता गजुरेल (भिडियो)

     


    सोमवार, कार्तिक १० २०७७०९:१६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij