Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रेशम सापकोटाको “आत्मदाह“ बोलको गीत सार्वजनिक, सामाजिक विकृतिको चित्रण(भिडियोसहित)

रेशम सापकोटाको “आत्मदाह“ बोलको गीत सार्वजनिक, सामाजिक विकृतिको चित्रण(भिडियोसहित)

  • मंगलवार, चैत्र २७ २०८०

  • 1.5K
    SHARES

  • रेशम सापकोटाको “आत्मदाह“ बोलको गीत सार्वजनिक, सामाजिक विकृतिको चित्रण(भिडियोसहित)

    काठमाडौं। लोक गायक तथा भजन सम्राट रेशम सापकोटाको “आत्मदाह“ बोलको गीत सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रका दशकौंदेखी सक्रिय सापकोटाले सोमबार उक्त गीत सार्वजनिक गरेका हुन्। गीतमा सापकोटा र गायिका स्नेहा क्षेत्रीको सुमधुर आवाज रहेको छ भने भगवान भण्डारी, सिता सुनुवार, आकाश कुँवर, सरिता दानकुटी, कमला उप्रेती लगायतको अभिनय रहेको छ।

    भिडियो छायांकन सरोज शाहीले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन्। उक्त गीतको शब्द, संगीत तथा निर्देशन स्वयम् सापकोटाले नै गरेका छन्। सार्वजनिक गरिएको गीतमा नेपाली समाजमा बिभिन्न बाहानामा न्यायको खोजीमा तड्पिएका आत्माहरुको कारुणिक कथालाई समाबेश गरिएको छ। उक्त भिडियो मार्फत अनेक विभेद र असमानता, उत्पीडन र शोषण, दमन र तिरस्कार, वञ्चितीकरण र उपेक्षालाई सशक्त रूपमा उठाएर सामाजिक विकृतिलाई छर्लंग पारेको छ।

    त्यस्ता घटनाहरुमा अपरिपक्व उमेर, व्यक्तिगत र पारिवारिक ‘इज्जत’ गुम्ने चिन्ता, सामाजिक बदनामीको डर आदिका कारण महिला या बालबालिकाहरु जिन्दगीभर या लामो समयसम्म आफ्नो पीडा सार्वजनिक गर्न सक्दैनन्, र भित्रभित्रै तड्पिएर मानसिक रोगको शिकार बन्छन्।

    यस्ता भावनात्मक र मानसिक पक्षमा सम्बन्धित व्यक्तिहरु बाट परामर्श गराउनु पर्ने संदेश गीतले दिएको छ। यसरी कला मार्फत जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदका विरुद्ध लेखिएका गीतहरु विरलै भेटिने गरेको छ।

    यो समाजमा बस्ने कतिपय व्यक्तिहरु आपराधिक मनस्थिति बाट ग्रसित भएकाहरुबाट हाम्रै अगाडी बगैंचामा फुल्दै गरेका कोपिलाहरूको बिभत्स हत्या, हिँसा र बलात्कारका घटनाहरु बढिरहेका छन्। तिनै सामाजिक बिकृतिलाई टपक्कै टिपेर कला मार्फत गायक सापकोटाले सामाजिक विकृति र संदेश सहित उक्त गीतको शब्दहरु अब्बल कोर्दै उपयुक्त संगीत भरेर आफैले उत्कृष्ट भिडियो निर्देशन गरेका छन्।

    सापकोटा नेपाली सांगीतिक क्षेत्रका अलराउण्डर हुन्। उनले विगत २ दशक देखि संगीत क्षेत्रमा आफ्नो सम्पूर्ण समय खर्च गर्दै आएका छन्। उनले सांगीतिक क्षेत्रमा आएका नवकलाकार र आफु भन्दा अग्रज कलाकारहरु सबैसंग सहकार्य गर्दै लोक प्याटर्नमा नेपाली सांगीतिक क्षेत्रलाई एक किसिमको उचाई दिएका छन्। सापकोटाले आफ्नो आँखाले देखेको या समाजले सधैं उपेक्षा, दमन र शोषण गरेका घटनाहरुलाई सरल रुपले कला मार्फत प्रस्तुत गर्दै आएका छन्।

    उनका प्रस्तुतिहरुमा संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको देखिन्छ। सास्कृतिक, भाषिक, सामाजिक सम्बन्ध, नेपाली समाजको वर्गीय स्वरूप, लैंगिक अवस्था, भूस्वामित्वमा अडिएको पारिवारिक स्तर, गरीवका सामान्य सपनालाई सुरुचिपूर्ण प्रस्तुत गरि आफ्ना दर्शक/श्रोताहरुलाई खुसि राख्न सापकोटा सफल रहेका छन्।

    भनिन्छ, कलाभित्र सबथोक अटेको हुन्छ। धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा सबै। त्यो मात्र होइन, सामाजिक, राजनीतिक विकृतिमाथि गरिएको व्यंग्य, चिन्ता, खुसी सबै अटाउन सक्छन् कलाकारले। यस्तै विविधता भेटाउन सकिन्छ सापकोटाका सृजनाहरुमा। उनका प्रस्तुतिहरुमा केही कुराहरु प्रत्यक्ष बोलिरहेका छन्। कतिपय अनुत्तरित छन्। कुनै कला शब्दमा व्याख्या गर्न सकिँदैन। कतिपय रहस्य बोकेका कला आफूखुसी व्याख्या गर्न सकिन्छ।

    परम्परा, लोककलादेखि आधुनिक सम्मका कला एकैठाउँ छन्। विभिन्न जाति, भाषा, धर्म, परम्परा र संस्कृति झल्किएको पाइन्छ। उनको सृजनाहरुको मूल उद्देश्य भनेकै मानवीय संवेदनासँग जोडिनु हो। उनीहरूको दुःख दर्दमा आफूलाई भावनात्मक रुपमा सामेल हुनु हो। कलाकार सापकोटामा हाम्रो समाजको गुणदोष केलाउन सक्ने क्षमता प्रगाढ छ, त्यसैले उनका प्रस्तुतिहरु अब्बल रहन्छन्।

    ल हेर्नुस गीतको पुरा भिडियोः


    मंगलवार, चैत्र २७ २०८०११:३४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij