Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा नाउपा कांग्रेसको अलग्गै सहमति, मुख्यमन्त्री पाउने भएपछि लडाईं मत्थर

सुदूरपश्चिममा नाउपा कांग्रेसको अलग्गै सहमति, मुख्यमन्त्री पाउने भएपछि लडाईं मत्थर

  • आइतवार, बैशाख २ २०८१

  • 1.5K
    SHARES

  • सुदूरपश्चिममा नाउपा कांग्रेसको अलग्गै सहमति, मुख्यमन्त्री पाउने भएपछि लडाईं मत्थर

    काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ ।

    कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी दिनुभयो ।

    समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबीच समझदारी बनेको शाहले बताउनुभयो । त्यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । का‌ग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम) ४ गरी २६ पुग्छ ।

    सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।

    मुख्यमन्त्री पाउने भएपछि नाउपाभित्रको विवाद मत्थर बन्दै गएको छ ।

     


    आइतवार, बैशाख २ २०८१०१:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij