Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित

भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित

  • सोमवार, बैशाख १० २०८१

  • 633
    SHARES

  • भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ ।

    नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मानबाट सम्मानित गर्नुभएको हो ।

    नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी जननेता मदन भण्डारीको पत्नी हुनुहुन्छ ।

    उहाँ नेपालको पहिलो महिला रक्षामन्त्री समेत हुनुभएको थियो भने, वातावरण संरक्षण र जलवायु परिवर्तनका सवालमा पैरवी गर्दै आउनुभएको थियो ।


    सोमवार, बैशाख १० २०८१०२:०७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij