Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, बैशाख १९ २०८१

  • 814
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
     
    महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
     
    आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट वर्षाको सम्भावना रहेको छ।
     
    बागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
     
    राती भने कोशी, गण्डकी  र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
     
    कोशी, गण्डकी, कर्णाली, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    बुधवार, बैशाख १९ २०८१०६:२९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij