Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी भूभागमा हुनेछ मेघगर्जनसहित वर्षा

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी भूभागमा हुनेछ मेघगर्जनसहित वर्षा

  • आइतवार, बैशाख २३ २०८१

  • 1.9K
    SHARES

  • देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी भूभागमा हुनेछ मेघगर्जनसहित वर्षा
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको  छ।
     
    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
     
    आज राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली  रहने छ । कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
     
    भोलि कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


    आइतवार, बैशाख २३ २०८१०६:२४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij