Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • सोमवार, बैशाख २४ २०८१

  • 1.6K
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
     
    महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था छ।
     
    आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
     
    कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा  बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
     
    यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईलगायत केही पहाडी भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।


    सोमवार, बैशाख २४ २०८१०६:४१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij