Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

  • शुक्रवार, बैशाख २८ २०८१

  • 818
    SHARES

  • न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
    काठमाडौं । नेपाल एयरलाइन्स व्यवस्थापनले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ । निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो ।
     
    निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधीर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभएको छ ।
     
    यो समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन भनिएको छ ।
     
    सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको प्रवक्ता पौडेलले बताउनुभयो ।


    शुक्रवार, बैशाख २८ २०८१०२:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij