Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही गर : नेविसंघ

विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही गर : नेविसंघ

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 1.1K
    SHARES

  • विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही गर :  नेविसंघ

    भारतको देहरादुनमा कुटपिटपछि घाइते भएका नेपाली विद्यार्थीको निःशुल्क उपचार व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघले सरकारसँग माग गरेको छ । शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो ।

    मानव अधिकारका आधारभूत मान्यतालाई सम्मान नगरि विद्यार्थीमाथि कुटपिट भएको संघका अध्यक्ष राजीव ढुङ्गानाले जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेविसंघले घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कारबाहीको पहल गर्न सरकारसँग माग गरेको छ ।

    यसैबीच बुधबार नेपाल विद्यार्थी संघको नेता दीपक ओझालाई अत्तरिया, कैलालीबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि नेविसंघले खेद व्यक्त गरेको छ । सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेताहरुलाई धरपकड, पक्राउ र यातना दिइएको भन्दै नेविसंघले विरोध जनाएको हो ।

    अध्यक्ष ढुङ्गानाले भने, ‘गत असोज १७ गते नै दिनको ३ः३० बजे बुद्ध एयरको फ्लाइटबाट धनगढी गएको र निरन्तर संगठनको गतिविधिमा सहभागी भइरहेको अबस्थामा नेबिसंघ शंकरदेव क्याम्पसका नेता दीपक ओझालाई कैलालीबाट पक्राउ गरिनु राज्य आतंकको नमुना हो ।’

    त्यसैगरी नेविसंघका महामन्त्री बलदेब तिमल्सिनाले ओझाको तत्काल रिहाइको माग गर्दै प्रहरी ज्यादतिविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन्।


    शुक्रवार, कार्तिक १४ २०७७०३:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij