Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

  • आइतवार, जेठ ६ २०८१

  • 995
    SHARES

  • किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

    काठमाडौं। नेपाल सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।

    बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा गत शुक्रबार आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो।

    पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। ‘बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहेको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।

    दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।


    आइतवार, जेठ ६ २०८११०:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij