Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा २७.५४ अंकको वृद्धि, झण्डै ६ अर्बको कारोबार

सेयर बजारमा २७.५४ अंकको वृद्धि, झण्डै ६ अर्बको कारोबार

  • सोमवार, जेठ ७ २०८१

  • 754
    SHARES

  • सेयर बजारमा २७.५४ अंकको वृद्धि, झण्डै ६ अर्बको कारोबार
    काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २७ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ। 
     
    सेन्सेटिभ इण्डेक्स  १.९९ प्रतिशतले बढेर ३७४.०७ विन्दुमा अडिएको छ। फ्लोट इन्डेक्स २.११ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ ।
     
    दोहोरो अंकले बढेको बजारमा आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्ध भूमि नेपाल हाइड्रोपावर,भगवती हाइड्रोपावर डेभलपमेन्ट र नेरुडे मिरमिरे लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
     
    यसदिन ३१५ कम्पनीको  १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँमा खरिदबिक्री भए।  आज १३५ कम्पनीको मूल्य बढ्दा १०७ वटाको घट्यो भने बाँकी ४ को मूल्य स्थिर रह्यो।


    सोमवार, जेठ ७ २०८१०४:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij